दफा २७
कसूर तथा सजाय
(१) कसैले यो ऐन वा यसअन्तर्गत बनेको नियम प्रतिकूल कुनै काम गरी देहायको कसूर गरेमा बोर्डले त्यस्तो व्यक्तिलाई देहायबमोजिम सजाय गर्न सक्नेछ ः–
(क) सेवासँग सम्बन्धित कुनै संरचना, जडान वा पूर्वाधार भत्काए वा बिगारेमा वा अन्य कुनै प्रकारले क्षति पु¥याएमा क्षति भएको हानि नोक्सानी भराई कसूरको मात्रा हेरी पचास हजार रुपैयाँसम्म जरिबाना,
(ख) खानेपानीलाई प्रदूषित गराई सार्वजनिक स्वास्थ्यमा प्रतिकूल असर पु¥याएकोमा कसूरको मात्रा हेरी पच्चीस हजार रुपैयाँसम्म जरिबाना,
(ग) सेवाको अनाधिकार प्रयोग वा दुरुपयोग गरेमा पन्ध्र हजार रुपैयाँसम्म जरिबाना गरी सेवा बन्द गर्न,
(घ) सेवा मापकयन्त्र वा अन्य त्यस्तै उपकरण बिगारे वा सेवा प्रदान गर्ने कार्यमा बाधा अवरोध पु¥याएमा दश हजार रुपैयाँसम्म जरिबाना,
(ङ) सेवा प्रणालीमा जडित पाइप लाइन चोरी गरेमा, बिगारेमा, भत्काएमा वा नष्ट गरेमा सो कामबाट पुग्न गएको क्षतिको बिगो भराई बिगोबमोजिम जरिबाना गर्न तथा त्यस्तो कार्य गर्ने व्यक्ति उपभोक्ता भए त्यस्ता उपभोक्ताको सेवा छ महिनासम्म बन्द वा निलम्बन गर्न ।
(२) सेवा प्रदायकद्वारा सेवा प्रदान भएको अवस्थामा उपदफा (१) बमोजिमको कसूरका सम्बन्धमा सजाय गर्न वा क्षतिपूर्ति भराई माग्न सेवा प्रदायकले बोर्डमा निवेदन दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सेवा प्रदायकले बोर्डसमक्ष दिएको निवेदनउपर छानबिन गर्दा कुनै व्यक्तिले कसूर गरेको ठहरेमा बोर्डले उपदफा (१) बमोजिम उपयुक्त सजाय गर्ने आदेश दिन सक्नेछ ।
(४) यस दफाबमोजिम कसूरको छानबिन गरी सजाय गर्न बोर्डले तोकिएबमोजिम न्यायिक समिति गठन गर्न सक्नेछ ।
(५) न्यायिक समितिले उपदफा (४) बमोजिम गरेको सजायउपर सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ ।
(६) उपदफा (४) बमोजिम गठित न्यायिक समितिको कार्यविधि तोकिए बमोजिम हुनेछ ।